दुर्घटनामा दुईको मृत्यु

शुक्रबार, बैशाख २८, २०७५



रोल्पा
सुनिल स्मृति गाउँपालिका–४ मिझिङमा आज भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

सुलीचौरबाट खुंग्रीतर्फ जाँदै गरेको लु ३ प ७१५६ नंंको ट्रयाक्टर धनगढीबाट लिवाङतर्फ खेलाडी लिएर जाँदै गरेको ना २ ख ५२५ नंको बससँग ठोक्किएर दुर्घटना हुँदा
गाउँपालिका–४ का २८ वर्षीय शिवबहादुर वली र २९ वर्षीय तारा रोका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका दाङका किरण राना मगर घाइते भएका छन् ।उनलाई सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि दाङ पठाइएको छ ।

74 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank