सडक दुर्घटनामा दुर्गेशको मृत्यु

शनिबार, कार्तिक २, २०७६



सिरहा । सिरहाको गोलबजार नपा ४ चोहर्वामा ट्याक्टर र  मोटर साइकल  एकआपसमा ठोक्किदा एक युवकको ज्यान गएको छ भने अर्का एक जना व्यक्ति गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आईरहेको प्र.२०२–००१ त. ४४६ नम्वरको ट्याक्टर र स. ११ प ४६३७ नम्वरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन् । घाइते हुनेमा मोटरसाइकल चालक गोलबजार १२ बेतौनाका १७ वर्षिय दुर्गेश मुखिया र पछाडि बसेका कृष्ण मुखिया रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबाजरका प्रमुख इन्सपेक्टर जनक पुरीका अनुसार  घाइते दुवैलाई उपचारको क्रममा विराटनगर लानेक्रममा दुर्गेशको बाटोमै मृत्यु भएको हो । कृष्णको चाहिँ विराटनगरमा उपचार भइरहेको जनाएको छ । उनको अवस्थापनि गम्भिर रहेको बताइएको छ ।

दुर्गेशको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata