फरार प्रसाईँलाई खोज्दै प्रहरी

बिहिबार, माघ २, २०७६



काठमाडौँ ।  बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई जिल्ला अदालत भक्तपुरले पक्राउ गर्न आदेश दिएसँगै प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।  लामो समय देखि फरार रहेका प्रसाईँलाई चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले प्रसाईँ विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मानहानिको   उजुरी दिएका थिए ।

केही दिन पहिले झापा स्थित बि एन्ड सीका सञ्चालक दुर्गा प्रसाईँले डाक्टर गिरीमाथि २० करोड घुस मागेको आरोप लगाएका थिए । डाक्टर गिरीले प्रसाईँको आरोपलाई खारेज गर्दै कानुनी उपचार खोज्ने बताए सँगै भक्तपुर जिल्ला अदालतमा दिएको निवेदन उपर कनूनी कारबाही हुँदा अदालतले प्रसाईँ विरुद्ध पक्राउ गर्न अनुमति दिएको हो । जिल्ला अदालतले प्रसाईंलाई लिखित जावफसहित २१ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको हो।  प्रहरीले प्रसाईँलाई खोज्दै उनको निवासमा पुगे पनि फरार प्रसाईँ भेटिएनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments