कविताः( दुःखी ब्राजिल,दुखि म )

शनिबार, असार २३, २०७५

- मनोरञ्जन मल्ल ठकुरी



 सबले भन्छन हार्यो ब्राजिल¸मान्दैन यो मन
कसरी पो सम्झाउने हो तिमि आफै भन ।

छैठौं पटक जित्छ भनि कत्रो थियो आस
खेल्दा खेल्दै हार्यो ब्राजिल¸ भयो सत्यानास ।

त्यहि देशका जनता अझ कति दुःखी होलान
रित्तिएर आंशु पनि धेरै धेरै रोलान ।

कहांनेर खस्क्यो ब्राजिल¸कहांनेर चुक्यो
नब्बे मिनेटको सिटि फुक्दा छाती भित्र दुख्यो ।।

टिटे पनि जाला अव बर्खास्तमा परि
खेलाडी नि पाखा लाग्छन भन्दै आई एम सरि ।

जति दुख्छ हाम्लाई दुख्छ¸तिम्लाई के थाहा
चार चार बर्ष पर्खनलाई कति हुन्छ डाहा ।।

नब्बे मिनेट काफि थियो तिन्टा गोल गर्न
सुसाईट गर्ने जिउदै हुन्थे¸पर्दैनथ्यो मर्न ।

दुखी मेरो मन भित्र तिखो झिर गाडे
रमाएर दुखि आत्मा खुशियाली बांडे ।

छान खेलाडी तिमि देशको लागी खेल्ने
जस्तोसुकै परिस्थिति ज्यान दिएर झेल्ने ।

बाईसमा त पक्कै जित्छु भनि कसम खाउ
जितहार त जिन्दगी हो¸ मन बुझाउदै जाउ ।।।

298 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank