लागू औषधसहित दुई जना भारतीय नागरिक पक्राउ

आइतवार, कार्तिक १७, २०७६



धनगढी । कैलाली जिल्लाको धनगढीमा लागू औषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जनाएअनुसार भातरको लखिमपुर खिरीका २५ वर्षीय रहेमत अलि र लखिमपुर खिरीकै ३१ वर्षीय मोहमख अफ्जललाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल ५३ नम्बर गुल्म हेडक्वाटर कैलालीले उनीहरुलाई त्रिनगर सीमा नाकाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक सय मिलिलिटरका ४७ बोतल लागुऔषध कोरेक्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नीहरुले प्रयोग गरेको यूपी ३१ जे ४१०७ नम्बरको मोटरसाईकल पनि सशस्त्र प्रहरीले बरामद गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata