यस कारण खुसी हुने गर्छन वैवाहिक जोडी

मङ्लबार, माघ २९, २०७५



न्यूयोर्क । वैवाहिक जीवन सफल बनाउन प्रेम र समझदारी आवस्यक हुन्छ भन्नेमा सायद कसैको असमती होला ।  हालै सम्पन्न भएको एक अनुसन्धान पछि वैवाहिक जीवन सफल र सुखी हुन जीनको अहम भूमिका हुने पत्ता लागेको छ ।

अमेरिकाको बिघमटन विश्व विद्यालयको एसोसिएट प्रोफेसर रिचर्ड म्याटसनले जनाए अनुसार, सफल वैवाहिक जीवनको लागि जीवनको महत्वपूर्ण भूमिका हुने अनुसन्धानले देखाएको छ ।  व्यक्तिको सोच, शैली र व्यवहार जीनको अधिनमा हुने हुँदा उसको सबै विशेषताहरुले वैवाहिक जीवनमा असर पुर्याइरहेका हुन्छन् । रिसर्चमा पत्ता लागे अनुसार अनुबांशीक कारणले वैवाहिक जीवन प्रभावित हुने गर्दछ ।

विशेष जीनहरुको भिन्नतामा अक्सीटोसिनको कार्य पद्धती अहम हुने गर्दछ । जसले जीन पार्टनरको बीच समन्वय गर्न महत्वपूर्ण भूमिका निभाउँछ । रिसर्चको दौरान विभिन्न किसिमका जिनोटाइप अक्सीटोन रिसेप्टर जीनको सम्भावित जीन संयोजनका मुल्याङकन गरिएको थियो ।

जसमा खुलासा गरे अनुसार कसरी जीवन साथी एक आपसमा सहयोग गर्ने गर्छन् । जुन सफल वैवाहिक जीवनको प्रमुख निर्धारक हुने गर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata