दुबई सडक दुर्घटना: आठ भारतीय सहित १७ जनाको मृत्यु, नौ घाइते

शुक्रबार, जेष्ठ २४, २०७६



दुबई ।  दुबईमा भएको एक सडक दुर्घटनामा आठ भारतीय सहित सत्र  जना यात्रुको मृत्यु भएको छ । ओमनबाट आउँदै एक टुरिस्ट बस   अल रशिदियास्थित सडक किनारको साइनबोर्डसँग ठोकिन पुग्दा  दुर्घटना भएको हो  ।

भारतको महावाणिज्य दूतावास(सीजीआई)ले शुक्रबार यस घटनाबारे खुलासा गरेको छ । सीजीआई दुबईले एक ट्वीट गर्दै बताएको छ, “हामी यस घटनाको बारे बताउँदै गर्दा अत्यन्त मर्माहत भएका छौं । स्थानीय अधिकारी एवं प्रत्यक्षदर्शीका अनुसार हालसम्म दुबई बस दुर्घटनामा आठ भारतीय नागरिकको मृत्यु भएको छ । दुतावास मृतकका आफन्तजनसँग सम्पर्क गरिरहेको छ । घटनाको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन् बाकी छ ।”

दुतावासले घटनामा मृत्यु भएका व्यक्तिहरुको नाम पनि खुलासा गरेको छ । दुतावासले ट्वीट मार्फत जनाएको छ, ” राज गोपालन, फिरोज खान पठान, रेशमा फिरोज खान पठान, दीपक कुमार, जमालुद्दीन अरकविटिल, किरण जॉनी, वासुदेव, तिलकराम जवाहर ठाकुरको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।”

विभिन्न ३१ देशको यात्रुहरुलाई लिएर अल रशीदिया पुगेको टुरिस्ट बस शुक्रबार ५:५५ बजे सडक किनारको साइनबोर्डसँग ठोकिएर  दुर्घटनाग्रस्त हुन् पुगेको हो । दुर्घटनामा नौं जना घाइते भएका छन्, जस मध्ये ४ भारतीय नागरिक नै रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank