शव बरामद गर्ने डीएसपी केसी पक्राउ

सोमवार, बैशाख १७, २०७५



काठमाडौं । साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डीएसपी प्रजित केसीसमेत पक्राउ परेका छन् ।

उनीमाथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार उनको बयान चित्तबुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो । यसअघि फागुन १८ मा केसी नेतृत्वको प्रहरी टोलीले विराटनगर पोखरीयामा गाडीको डिकीबाट शाक्यको शव बरामद गरेको थियो । नेपालसमाचारपत्रबाट

129 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank