ड्रग माफियाको हमलामा बालबालिकासहित नौ अमेरिकीको मृत्यु

बुधबार, कार्तिक २०, २०७६



 उत्तरी मेक्सिकोमा संदिग्ध लागू औषध माफियाको हमलामा ६ जना बालबालिका र तीन महिलासहित ९ जना अमेरिकी नागरिकको मृत्यु भएको छ ।

पीडित लुहबारन परिवारका सदस्य थिए । जो केही दशकदेखि मेक्सिकोमा रहेका मोरमन समुदायबाट अलग भएर बनेको हो । मेक्सिकोका सुरक्षा मन्त्रीले भने उनीहरुलाई भुलबस निशाना बनाएको हुनसक्ने आशंका गरेका छन् ।

उत्तरी मेक्सिकोको सिनोरा राज्यमा दुई ड्रग माफिया समूहबीच संघर्ष छ । ला लिनिआ ठूलो लागू औषध गिरोहसँग जोडिएको छ भने अर्को ‘लोस चापोस’ सिनाओआ गिरोहमा आबद्ध छ ।

मारिएका दुई बालबालिकाको उमेर सात वर्षभन्दा कम भएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata