गाउँपालिका अध्यक्षमाथि सांघातिक आक्रमण

बुधबार, चैत्र २८, २०७४



काठमाडौं । ओखलढुंगामा गाउँपालिका अध्यक्षमाथि सांघातिक आक्रमण भएको छ । लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेलमाथि गएराति आक्रमण भएको हो । नचिनेका एक समुहले राती करिब १० बजेतिर अध्यक्ष पौडेलमाथि आक्रमण गरेको पीडितका आफन्तले बताएका छन्।
आक्रमणबाट घाइते पौडेलको बायाँ घुँडा , तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ भने हातको कान्छी औंलाको नङ समेत फुटेको छ । घाईते पौलेलको स्थानीय स्वास्थ्य संस्थामा भैरहेको छ।

कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि आक्रमण गरेको अध्यक्ष पौडेलले बताए । ‘कार्यालयमा सुतिरहेका अंकल बाहीर आउनुहोस भन्दै एकाएक अपरिचित ब्यक्तिहरुको समुहले कुटपीट गरेको अध्यक्ष पौडेलले बताए । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले अनुसन्धान गरिरहेको प्रहरलिे जनाएको छ ।

47 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank