ट्राफिकका हाकिम र हाइप्रोफाइलका छोराको लाइसेन्स नै नक्कली

सोमवार, साउन २३, २०७४

loading...

- भगवान खड्का



काठमाडौं । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले लाइसेन्स लिने प्रक्रियाका विषयमा अवलोकन गरे । सेवाग्राहीका रुपमा लाइनमा बसेका मन्त्री बलायरले लाइन लाग्दा लाग्दै थाहा पाए लाइसेन्स लिन घुसको सेटिङ रहेछ । त्यो थाहा त पाए अब के गर्छन ? आउने दिनेले बताउने छ । मन्त्री बलायर दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएका थिए । तर गलतबाटोबाट लाइसेन्स लिनेमा संलग्नरहेका ‘हाइप्रोफाइल’को फाइल भने अझै गायव नै रहेको खुलासा भएको छ ।

झण्डै २३ महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत खुलासा भएको त्यो फाइल अहिले हराएको छ ।यातायात व्यवस्था विभाग, सवारी चालक अनुमति पत्र कार्यालय बागमतीका पूर्व निमित्त प्रमुख रामदत्त भट्ट र सात बिचौलियासहित १६ जनाविरुद्ध विशष अदालता मुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि घुस लिएर घुस लिएर सवारी चालक अनुमति पत्र दिएको आरोप लगाइएको थियो् । आयोगले घुस दिएर सवारी चालक अनुपत्र लिने १ सय ९७ जनाको चालन अनुमतिपत्र रद्दपनि गरेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमानसिंह कार्कीलगायतका हाइप्रोफाइल बनाएका व्यक्तिका छोरा छोरीले अनियमित तरिकाले सवारी चालक अनुमति पत्र लाईसेन्स लिएको खुलासा भएको थियो ।

अनुसन्धानका क्रममा तत्कालीन प्रहरी प्रवक्ता गणेश केसीको छोरी, ताना गौतमको छोरी, पूर्व मन्त्री रमेश लेखकका छोरा, पूर्व यातायात राज्य मन्त्री, लोकमानसिंह कार्कीका छोरा अभिमन्यु कार्कीलगायतले अनियमित तरिकाले लाइेन्स लिएको पाइएको थियो । ट्राफिक प्रहरीेका तत्कालीन डिएसपी सुमन तिमिल्सेना र प्रहरी इन्सपेक्टर कृष्ण शर्मा आफैले पनि गलतबाटोबाट लाइसेन्स लिएको खुलासा भएको थियो । उनीहरुमाथि कारवाही भने भएको अहिलेसम्म बाहिर आएको छैन ।

चालकलाई झिकाएर लामो अनुसन्धान भए पनि २८ जना हाइप्रोफाइल भएका व्यक्तिका छोरा छोरीका वारेमा अनुसन्धान नभएको अख्तियारका एक अधिकारीले बताए । ‘किन भन्ने विषयमा म पनि भन्न सक्दिन’ नेपालपाटीसँग ती अधिकारीले भने ‘तर त्यो प्रक्रिया अगाडी बढेर र कारवाही पनि भएन यति चै मलाई थाहा छ ।’

अख्तियारले हाई प्रोफाइल बनाएका व्यक्तिका छोरा छोरीलाई भने कुनै कारवाही गरेको छैन । सवारी चालक अनुमति पत्र कार्यालय कर्मचारीहरु र बिचौलियाको मिलोमतोमा घूस लिर्इ ६ महिनाको अवधिमा प्रयोगात्मक परीक्षामा फेल भएका १९७ लार्इ ड्राइभिङ लाइसेन्स दिइएको पाइएको छ । यस्तै प्रयोगात्मक परीक्षामा फेल भएपछि नियम विपरित ३ महिना अगावै पुनः प्रयोगात्मक परीक्षामा सहभागी गराई ५७३ लार्इ अनियमित तरिकाबाट कार्यालयको ढड्डा तथा कम्प्युटर अभिलेख सच्याई सवारी चालक अनुमति पत्र जारी गरेको अख्तियारको आरोप छ । लाइसेन्स सलिन ड्राइभिङ सस्था, विचौलिया र यातायातका कर्मचारीको सेटिङ हुने गरेको छ ।

3829 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv