पहिरोले डोजर पुरिदा चालक बेपत्ता

सोमवार, पुस २१, २०७६



म्याग्दी । सडक निर्माणको क्रममा पहिरोले डोजर पुरिदा चालक बेपत्ता भएका छन् ।  सोमबार बिहान सडक निर्माणको क्रममा म्याग्दीको धवलागिरि गाउँपालिका ७ हिलापोखरीको रानीवनमा डोजर पुरिएपछि चालक धवलागिरि गाउँपालिका ४ खिवाङका अन्दाजी ४० वर्षका शेरबहादुर पुन बेपत्ता भएका हुन ।

हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान बाघराज बिल्डर्सको एक्स्काभेटर पुरिएको हो । अहिले उक्त ठाउँमा पहिरो पन्छाएर चालकको खोजी कार्य जारी रहेको वडा अध्यक्ष कलानिधि शर्माले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments