डा. खतिवडा अर्थ र सञ्चारमन्त्रीमा पून: नियुक्त

बुधबार, फाल्गुन २१, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पून अर्थमन्त्रीमा नियुक्त गरेका छन ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले वि.स. २०७४ फागुन ३ गतेको गठित मौजुदा मन्त्रीपरिषदमा नेपालको संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. खतिवडालाई मन्त्रीपरिषदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जनाएका छन ।

गत मंगलबार दुई गोलाप्रथाद्वारा डा. खतिवडा सहित १८ जना राष्ट्रिय सभाका सांसदहरुको विदाई गरिएको थियो । खतिवडालाई अर्थमन्त्रालय र प्रधानमन्त्री ओलीले समाल्दै आएको सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले तोकेको छ ।

हेर्नुहाेस विज्ञप्ती

kathiwada

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments