करको दायरा बढाउन अर्थमन्त्री खतिवडाको निर्देशन

शुक्रबार, बैशाख २७, २०७६



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । आर्थिक बृद्धिदर बढेका क्षेत्रमा तत्काल करको दायरा बढाउन अर्थमन्त्री खतिवडाले निर्देशन दिएका हुन् ।

शुक्रबार आन्तरिक राजस्व विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतवडाले योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रबाट कर नलिन सचेत गरे ।

उनले भने,कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले करको दायरा बढाउन ढिलाई नगर्नुहोस ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank