तीन वर्षदेखी एमसीसीको योजना बजेटमा राख्दै आएको अर्थमन्त्रीद्वारा स्वीकार

सोमवार, जेष्ठ १९, २०७७



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले एमसीसी सम्झौताका परियोजना बजेटमा राख्दै आएको बताएका छन ।
सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अर्थम्न्त्री डा. खतिवडाले विगत तीनवर्षदेखी एमसीसीका योजनाहरु बजेटमा समावशे गर्दै आएको स्वीकार गरेका हुन ।

आगामी आर्थिक वर्षको बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले भने,अमेरिकी सहयोग नियोगमा रहेका कार्यक्रम हामीले गत ३ वर्षदेखि निरन्तर केही कार्यक्रम बजेटमा राख्दै आएका छौं । आगामी वर्षको बजेटमा पनि केही कार्यक्रम राखिएको छ ।

चौतर्फी रुपमा विरोध हुँदै आएको एमसीसी संसदको अनुमोदन बिना बजेटमा पारिएको भन्दै सांसदहरुले त्यसको बिरोध जनाइरहेका छन । सडक देखी सदन सम्म विरोध भएपनि सरकारले एमसीसी सम्झौताका योजना कार्यान्वयन गर्दै आएकोमा आपत्ती जनाएका छन ।

तर अर्थमन्त्री खतिवडाले  सबै वैदेशिक सहयोग सबै राष्ट्रिय हितमा लागू हुन्छन् ।  अमेरिकी, बेलायती वा अन्य देशका सहयोगको प्राथमिकता बजेटमार्फत हुने र त्यसमा राष्ट्रिय हितलाई प्राथमिकता दिइँदै आएको बताएका छन् । साथै अर्थमन्त्री डा. खतिवडाले एमसीसी संसदबाट अनुमोदन भए मात्र रकम निकासा हुने बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments