जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ- पूर्वराष्ट्रपति यादव

शनिबार, पुस २६, २०७६



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् ।

आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।” विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो ।

देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र सङ्घीयसभामा रहेको उनले बताए। तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या सङ्घीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

पूर्वराष्ट्रपति डा. यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम  गर्नुपर्ने बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments