ओली बिरामी भएपछि सागको सम्बोधन अर्थमन्त्रीले गर्दै

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएपछि डा. अर्थमन्त्री युवराज खतिवडाले  दक्षिण एसियाली खेलकुद (साग) का खेलाडीलाई विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार प्रज्ञा भवनमा हुने कार्यक्रममा उनले सागका खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्न लागेका हुन् ।

दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) यही मंसिर १५ गतेबाट नेपालमा हुँदैछ । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरू काठमाडौंसहित पोखरा र जनकपुरमा हुँदैछन् । प्रधानमन्त्री  ओली   अस्पताल भर्ना भएका कारण उनको सट्टा अर्थमन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्न लागेका हुन ।

सागमा सहभागी हुने खेलाडीहरूका लागि सरकारले  पुरस्कारमा विशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौँ आएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata