देउवाको निर्णयले पार्टीलाई हित गर्दैन: डा.शेखर कोइराला

सोमवार, पुस १४, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतरपक्षबीचको विवाद चुलिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सदस्यबाट एक वर्ष थप कार्यकाल लम्बाउने निर्णयसँगै पौडेल र सिटौंला पक्षले त्यसको विरोध जनाउँदै आएका छन ।

सोहि क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले देउवाको उक्त कदमको विरोध जनाएका छन । प्रेस युनियन मोरङले सोमबार विहान कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा बोल्दै त्यसको विरोध जनाएका हुन । उनले देउवाको निर्णयले आश्चर्य चकित भएको प्रतिक्रिया दिएका छन । उनले भने, सभापतिले परम्परा तोड्नु भयो । उहाँले लचक हुनुपथ्र्याै । बहुमतको आडमा उहाँले उक्त निर्णय गर्नु भयो । यसले पार्टीको हित गर्दैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments