कसलाई गर्ने जागरण : डा.शेखर कोइराला

सोमवार, बैशाख ३०, २०७६



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको जागर अभियान कसका लागि गर्ने भनेर प्रश्न गरेका छन् ।

कांग्रेसको संगठन नभएको भन्दै नेता कोइरालाले हाम्रो सङ्गठन छैन, कहाँ र कसलाई गर्ने जागरण ? भन्दै प्रश्न गरे । उनले भने, जागरण अभियानको नाममा कांग्रेस महाधिवेशन लम्बाउन खोजेको छ । उनले १४औं महाधिवेशनको मिति तोक्न दबाब दिन जिल्ला सभापतिहरुलाई दबाब दिन समेत आग्रह गरे ।

सोमबार नेपाल महिला संघ मोरङले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, हामी अनुशासनको कुरा गरेर सत्ता पक्षलाई भन्छौं । तर त्यस भन्दा पहिले आफुलाई हेरौं ।  उनले नेतृत्व विधान अनुरुप नचलेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank