सेति अञ्चल अस्पतालका कार्यरत बाल रोग बिशेषज्ञ डा. शाहको निधन

शुक्रबार, कार्तिक १, २०७६



काठमाडौं । सूदुरपश्चिम प्रदेशको सेती प्रादेशीक अस्पतालमा कार्यरत बाल रोग विशषेज्ञ डा. प्रणयजंग शाहको निधन भएको छ। डा. शाहको ३४ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।  दशै विदामा चितवन गएको समयमा एक्कासी बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो।

चितवनमा उपचार सम्भव नदेखिएपछि थप उपचारका लागि मेडिसिटी अस्पताल काठमाडौंमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोही अस्पतामा निधन भएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए।

dr

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ५ बर्ष अगाडी मृगौलाको समस्या देखिएपछि केही समय उनले डायलासिस समेत गराएका थिए। तर सन्चो भएको भन्दै उनले डायलासिस गराउन छोडेका थिए। चितवनमा एक्कासी बेहोस भएपछि मुटु र मृगौलामा समस्या देखिएको थियो। शाहकाे निधनपछि अस्पतालले श्रद्धाञ्जली सभा गर्दै दुख व्यक्त गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata