दुर्गममा सेवा गर्ने डा‌‍.रुपचन्द्र दर्नाल अवार्डवाट सम्मानित

बिहिबार, साउन ३१, २०७५



काठमाडौं । दुर्गम हिमाली जिल्ला बाजुराका कुना काप्चामा पुगेर अहोरात्र सेवा दिदै आईरहेका डा. रुपचन्द्र विश्कर्मा  सामाजिक न्यायका लागि दर्नाल अवार्डबाट सम्मानित भएका हुन् ।

बुधबार राष्ट्रियसभा गृहमा एक विशेष समारोहकाबीच दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा पुर्याएको योगदानको सम्मान र कदर गर्दै डा. विश्वकर्मालाई अन्तर्राष्ट्रिय स्तरकाे दर्नाल अवार्ड प्रदान गरिएकाे हाे ।  डा. विश्वकर्मालाई डा. भगवान कोइरालाले कदरपत्र सहित सम्मान गरेका हुन्। ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ अन्तर्राष्ट्रिय द्विवार्षिक पुरस्कार हो ।

डा.रुपचन्द्रसँगै सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अन्य  अभियन्ता डडेल्धुराकी कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखकी पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र लाई समेत सम्मानित भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख समेत रहेका डा. विश्वकर्माले जिल्लाका ९ वटै स्थानिय तहमा स्वास्थ्य सेवाका लागि अरोरात्र नभन्दै खट्दै आईरहेका थिए ।  उनले उक्त अवार्डबाट थप हाैसला मिलेकाे बताएका छन् ।

347 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank