केसीलाई देवत्वकरण नगरौँ, उहाँकै कारण डाक्टर पढेर फर्केका विद्यार्थीको ज्यान गयोः डा. अधिकारी

बुधबार, असार २७, २०७५



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य एवम् प्रस्तावित मनमोहन मेडिकल कलेजका संस्थापक सदस्य डा. रामकुमार अधिकारीले पत्रकाहरुले डा. गोविन्द केसीलाई देवत्वकरण गरेको आरोप लगाएका छन् ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘नेपाल विश्वमै एउटा यस्तो देश हो जहाँ बिधिको कुनै मूूल्य छैन्, कानूनको पालना गरिँदैन, एकजना सरकारी कर्मचारी अनशनमा बसेर सरकारलाई दलाल भन्दै यसो गर, उसो गर भनेर निर्देशन दिन्छ, अनि पत्रकारहरूले उसैको बारेमा समाचार लेख्न मरिमेट्छन्, गोविन्द केसीको बिरुद्धमा बोल्नेहरू माफिया हुन, यस आरोपका बारेमा कुनै आधार चाहिँदैन, यस्तो मुलुक हो हाम्रो देश ।’

Dr. Ramkumar Adhikari केसीलाई देवत्वकरण नगरौँ, उहाँकै कारण डाक्टर पढेर फर्केका विद्यार्थीको ज्यान गयोउनले थपे, ‘मनमोहन मेडिकल कलेजमा २६ सय जनाको एकलाख, दुइलाखको लगानी छ, अबका केही दिनमा डा.केसीसँग राजधानीमा मेडिकल कलेज खोल्न नपाईने सहमति हुन्छ, मनमोहन मेडिकल कलेज लिलाममा जान्छ, फेरि पत्रकारहरूले लेख्नेछन् माफियाहरूले सञ्चालनमा ल्याउन थालेको मेडिकल कलेजको सम्बन्धन खारेज भयो, यस्तै हो ।’

उनले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जान बाध्य भएको गुनासो पोखे । उनले भने, ‘माथेमा आयोग र डा.केसी हत्यारा हुन, बंगलादेशमा डा. पढेर आएका नेपाली विद्यार्थीहरू गत वर्ष फागुनमा विमान दुर्घटनामा परेर मरे, यसको दोषी उहाँहरू नै हो, नेपालमा डाक्टरी पढ्न पाउने वातावरण भएको भए उनीहरू मर्ने थिएनन् ।’

डा. गोविन्द केसीको अनशन शंकास्पद, खुला मञ्चमा वार्ता गर्न तयार छौँः योगेश भट्टराई

मागबारे सरकार गम्भीर छ तर अनशन बसेर समस्या समाधान हुँदैनः राज्यमन्त्री अर्याल

 

292 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank