काठमाडौ कहाँ पर्छ ?

शनिबार, फाल्गुन २६, २०७४

- डा. राजेन्द्र कुमार आचार्य



सतवाँझमा पुगेर सोधे

दार्चुला कति टाढा पर्छ ?

टोपीबाट कपाल निस्केको
मैला कटकटिएका लुगा लगाएको

काँधमा नाम्लो बोकेको
एक बटुवा भन्छ

हिडेर दुई दिन हजुर !
म त गाडीवाल मान्छे

हर्न बजाउदै पुलिसलाई सोधे
दार्चुला कति टाढा पर्छ ?

तनक्क तन्किएर
जय नेपालको सलाम ठोक्दै भन्छ
हजुर १२६ किलोमिटर ।

यात्रा थियो दार्चुला
काला पहाड छिचल्दै

खनिएका मसिना बाटाहरू
खस्ला झै गरेर गुडेका

मोटरहरूको ताँती
त्यसैको एक यात्री म दार्चुलाको ।

सलाम छ ति पौरखी हातहरू
छिनोले पहाड काटेका पौरखहरू

एक तमासले गाथा सुनाउदै थिए
मोटर बाटाहरू ।

नागवेली मोडिएका घुम्तिहरू
अहिले नै अन्तिम हो कि जस्तो

साहसी दह्रो मुटु भएका चालकहरू
एक तमासले हाकी रहेछन

गन्तव्यमा पुगी रहेछन दार्चुला ।
नक्शामा सुदूर पश्चिम

देशको अन्तिम विन्दू दार्चुला ।
पारीपट्टी धारचुला

भूगोलमा नेपाल भए पनि
राजनीतिमा विभक्त

धारचुला र दार्चुला
पृथक देश तर एउटै भेष ।

महाकाली
साँध सिमाना
कति फरक छ

दार्चुला र धारचुला
एकै छलाङको दूरीमा

आकाश र जमिन
यस्तो पनी हुन्छ !
दार्चुला भन्दै थियो हुन्छ हजुर ।

महाकाली
तिमीलाई कहर देखाउन

नेपाल मिल्यो
तिमी पनी ठूल्दाईसँग डरायौ होइन

ठिकै छ
गर्नु गरिछौ ।

देश नेपाल
खुला छ

बगर छ
फेरी पनी महाकाली

वर्षादमा स्वागत छ
बाँध !
यहा होइन धारचुला हो
अब महाकाली

फेरी पनी आउने नेपालै हो
तिमीलाई कैयन बाटाहरु पचाएर

दुखले आर्जेका बासहरू निलेर
अझै पुगेको छैन भने

फेरी आउनु
तिमी आउन

दुख होला भनेर
छाती खुलै राखेको छ दार्चुला ।

मैले सोधे
दार्चुला यस्तै थियो रु

जवाफ आयो
तिमीलाई कस्तो चाहियो रु
नाङ्गैई छ

तिमी पनी वाल्यकालमा नाङ्गौ थियो
अहिले दौरा सुरुवाल लगाएर भयो र !

तिमी पनी लुगा भित्र नाङ्गैय छौ
हामी सर्वाङ्ग छौ

तिम्री कालीले
अलिकित कुर्कुच्चा, पिडौला, देखाउदा

तिमी स्खलित हुन्छौ हौला
हाम्री महाकाली
हाम्रो दार्चुला पूरै नाङ्गा छन्

के हेर्छौ महाकालीको
केश, रुप, छाती, स्तन, योनी वा अरु केही

सक्छौ त स्खतलत हुन ?
हामी त सदैव नाङ्गा पो छौ

हामीमा उत्तेजना आउदैन
हामी ठाउँ कुठाउँमा स्खलित हुदैनौ

हामीमा कुनै आकर्षण छैन
काली हुन या महाकाली

केही फरक पर्दैन
कालापानी या काला पहाड
यहाँ त बराबर भै सक्यौ

ए ! साच्चै यात्री
कहाबाँट आएको रे ?

मैले भने काठमाडौबाट
दार्चुलाले सोध्यो

काठमाडौ कहाँ पर्छ हँ ?
नेपाल मै हो ?
म सँग जवाफ भएन
काठमाडौ कहाँ पर्छ भनेर ।

727 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank