तीन टुक्का
शनिबार, चैत्र १७, २०७४
- डा. राजेन्द्र कुमार आचार्य

एक
फेरी पनि लौ नयाँ साल फेरियो ।
कसैको त जिउडाल फेरियो ।।
…………………………………….
थाल साटी साटी दाल खाए पनि ।
न तिम्रो न मेरो हाल फेरियो ।।
दुई
फेरि पनि सकुनीको खाल हालियो ।
फकाइ फकाइ नयाँ चाल हालियो
…………………………………….
नमस्तै अनि बधाईमा मख्ख पारी ।
मझेरिमा पुग्ने नयाँ जाल हालियो ।।
तीन
यही वर्ष मेरो त्रिपाल हरायो ।
एक किलो पिठो र दाल हरायो ।।
…………………………………….
अजव गजब यहीँ हुन्छ प्रिय ।
अस्पतालमा सालनाल हरायो ।।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments