यो (कविता)

सोमवार, मंसिर २०, २०७३

loading...

- डा. मुरारि पराजुली



भ्रमको जंगलमा
सत्व खोज्न पसेको यो
मान्छेका रगत र मासु कुहिएका सुरुंगभित्र
जब भेटेन उज्यालाको अवतरण
निस्सासिएर घाम खोज्दै
ओर्ल्यो अन्ततः इतिहासको
निर्मम सत्यको डबलीमा
मान्छेले यसलाई एकछिन

कोठाभित्र थुनिएर म्याउँ गरिरहेको
बिरालालाई एक्कासि निकास दिएझैँ
कोठाचोटामा उफ्रिन दिए
भान्साभण्डारमा बुर्कुसी मार्न दिए
एकछिन पो क्षम्य हुन्छ बालहठ
जनताकै आङमा बिस्ट्याउन थालेपछि
यसलाई भुइँमै बस्नु बेस छ
जनताले काँधबाट ओरालिदिए
बिरालाले मुसा भक्षण गर्नुपर्छ

मान्छे होइन
औकात बिर्सेको यसलाई
जनताले जमिनमा झरालिदिए
म अचेल देखिरहेछु

कथित् प्रजातन्त्रको पेन्सन खाइरहेको
बुढो जडौरीमुनि असरल्ल
सुकाउँछ यो आफ्ना कुण्ठाको बिस्कुन
र छिमेकको जन्मजात वैरी गुहारेर
भुइँफुट्टाका बधूहरु निम्ति
एकएक थान नागरिकता र
देश टुक्रिएर बनेका
अनेकौँ प्रदेशका लालपुर्जा दिन
बडो हतारमा लालायित देखिन्छ ।

542 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank