प्रधानमन्त्री मोदीको लक्ष्य पुरा नहुने पूर्वप्रधानमन्त्री सिंहको आशंका

शुक्रबार, भदौ २७, २०७६



एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले भारतको अर्थ व्यवस्था अहिलेकै अवस्थामा रही रहने हो  भने सन् २०२४–२५ सम्ममा अर्थ व्यवस्थालाई ५ अर्ब डलरसम्म पुर्याउने प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य पूरा नहुने आशंका व्यक्त गरेका छन् ।

उनले भारतको अर्थतन्त्रमा बढेको सुस्ततालाई लिएर चिन्ता जनाउँदै “सरकारलाई यो कुराको महसुस नहुनु चिन्ताको विषय हो”, भनेर टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री सिंहले रियल स्टेट होस वा कृषि क्षेत्र हरेकमा गिरावटको अवस्था रहेको जनाउँदै अर्थ व्यवस्था लगातार तल गइरहेको जनाएका छन् । उनले यही अवस्था रहेमा प्रधानमन्त्रीको लक्ष्य पूरा नहुने जनाएका हुन् ।

सरकारले जनता समक्ष विभिन्न बाचा गरेपनि त्यस खालका योजना नपाइएको जनाएका छन् । मनमोहन सिंहको देशको अर्थतन्त्रबारेमा हालै दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै कंग्रेस नेता राहुल गान्धीले सरकारले यो कुरालाई स्वीकारेर आवश्यक ठोस नीति ल्याउनुपर्ने जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata