डाक्टर लोटे छिरिङ मन्त्रीपरिषदमा दुई जना नेपाली भाषी

आइतवार, कार्तिक १८, २०७५



भुटान । भुटानमा नयाँ मन्त्रीपरिषद गठन गरिएको छ । ड्रुक न्यमन रुव शोग- पा (डिएनटी) ले संसदको बहुमत प्राप्त गरेसँगै नयाँ मन्त्रीपरिषद गठन गरिएको हो । पार्टीका सभापति डाक्टर लोटे छिरिङलाई प्रधानमन्त्री बनाइएको छ ।

उनको मन्त्री परिषदमा दुई जना नेपाली भाषीलाई शिक्षा र आर्थिक मामिला मन्त्रालय सुम्पिएको छ । जयवीर राई शिक्षा मन्त्री र लोकनाथ शर्मालाई आर्थिक मामिला मन्त्रीको बनाइएको छ । डिएनटीले ११ सदस्यीय मन्त्रीपरिषदमा २० प्रतिशत नेपाली भाषीका निम्ती छुट्याएको छ । ४७ सदस्यीय संसदमा डिएनटीले ३० सीट जित्दा ९ जना नेपाली भाषी संसदमा चुनिएका छन् ।

हालको ११ सदस्यीय मन्त्रीपरिषदमा डाशो शेरुव (गृह तथा संस्कृती), जयवीर राई (शिक्षा) नाम्गे छिरिङ (अर्थ) , टाण्डी दोर्जे (परराष्ट्र), लोकनाथ शर्मा (आर्थिक मामिला), उगे दोर्जे (श्रम तथा मानव संशाधन), डेचेन वाङमो (स्वास्थ्य) , कर्मा वाङदी (सुचना तथा संञ्चार) दोर्जे छिरिङ (मानव बसोबास) र येशे पिन्जोर (कृषि र बन) मन्त्रालय रहेको छ ।

231 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank