स्वीकृत वा अस्वीकृत समितिको अधिकार हो, प्रधानमन्त्रीको कुरै आउँदैनः डा. अर्याल

बुधबार, साउन १६, २०७५



काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले संवैधानिक परिषदले सिफारिस गरेको नाम स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संसदीय समितिलाई रहेकाले प्रधानमन्त्रीको हात नहुने बताएका छन् ।

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई राजीनामा दिन प्रधानमन्त्रीले आग्रह गरेको हल्ला चलेपछि सल्लाहकार अर्यालले भेटघाट नै नभएको स्पष्ट पारेका हुन् ।

जोशीको विषय संसदीय सुनुवाई समितिले नै टुंग्याउने उनले बताए । नेपालपाटी डटकमसँग कुरागर्दै अर्यालले भने ‘प्रधानन्यायाधीशको विषयमा जे गर्छ संसदीय समितिले नै गर्छ । प्रधानमन्त्रीको कुरै आउँदैन ।’

जोशीको शैक्षिक प्रमाणपत्रको विषय पेचिलो बनेको छ ।

338 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank