कार्यकारी राष्ट्रपति भए मुलुक अधिनायकवाद र सर्वसतावादतर्फ जान सक्छ : नेता कोइराला

बुधबार, जेष्ठ ३०, २०७५



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरंकुशता र सर्वसतावादतर्फ अग्रसर हुने सम्भावना रहेको धारण व्यक्त गरका छन् ।

कोइराला निवासमा बुधबार पत्रकारसँगको भेटघाटमा उनले उक्त कुरा बताउका हुन् । उनले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याएका छन् । डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

उनले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै तर मुलुकमा दण्डहीनता बढेको आरोप लगाए । प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको बताउँदै नेता डा. कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

उनले सातै प्रदेशका लागि संघीय सरकारले कूल बजेटको नौ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने धारणा प्रकट गरे ।

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank