डा. केसी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउँदै

बुधबार, चैत्र २०, २०७५



काठमाडौं । वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी प्रदेश २ अन्तरगत हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

डा. केसी औषधि बोकेर सोमबार राति काठमाडौंबाट प्रभावित क्षेत्रमा गएका हुन् । डा. केसीले बाराको फेटामा स्वास्थ्य शिविर चलाउने छन् । हाडजोर्नी विशेषज्ञ डा. केसीले घटनामा चोटपटक लागेका तथा अन्य स्वास्थ्य समस्या देखिएका स्थानीयलाई स्वास्थ्य सेवा दिनेछन् ।

 आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका थिए । यस्तै २ सय ८४ जना विभिन्न अस्पतालमा उपचारत छन् । घटना परी बारा र पर्साका १ हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उक्त घटनामा २९ जनाको मृत्यु भएको  छ ।

बाराको फेटा गाउँपालिकामा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । असिनाले बालीनालीमा क्षति पुगेको छ । टेलिफोन लाइन र विजुलीका खम्बा ढलेका छन् । हावाहुरीले घरको छाना उडाएपछि पीडित रूखमुनि पाल टाँगेर बसेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata