स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीलाई अस्पताल लगियो

शनिबार, कार्तिक २३, २०७६



डडेल्धुरा । गत सोमबार देखि डडेल्धुरामा १७ औँ अनशन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई डडेल्धुरा जिल्ला अस्पतालमा सारिएको छ ।

सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए।

शुक्रबार राति केसीलाई अस्पताल सारिएको हो । उनको शरीरमा सुगरको मात्रा बढेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata