सरकारलाई डा. केसीको ११ दिने अल्टिमेटम

सोमवार, अशोज २७, २०७६



काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं पटकसम्म आमरण अनशन बसेका डा. गोविन्द केसीले सरकारलाई पून: दिनको अल्टिमेट दिएका छन ।

११ दिन भित्र विगतमा राखेका माग पूरा हुनु पर्ने भन्दै डा. केसीले माग पूरा नभएर पून: आमरण अनशन बस्ने चेतावनी दिएका हुन । उनले सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता धेरै भए तर कार्यान्वयनथ नभएको भन्दै आक्रोश पोखेका छन । सरकारले आफ्ना माग पुरा नगरे कार्तिक ११ गतेबाट आमरण अनशन बस्ने चेतावनी दिए ।

चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata