गोविन्द केसीले आजदेखि सेवाबाट अवकास पाउँदै

सोमवार, अशोज २७, २०७६



काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ चिकित्सक गोविन्द केसीले आज(सोमबार)देखि सेवाबाट अवकास पाउँदैछन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका केसीले उमेरहदका कारण सोमबार सेवाबाट अनिवार्य अवकास पाउन लागेका हुन्।

६३ वर्षीया केसीले आजदेखि अवकास पाउने अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए।

केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ। अवकास पाउनुअघि उनले आज अस्पताल परिसरमै पत्रकार सम्मेलन गर्ने जनाइएको छ । सोमबार बिहान शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्दैछन्।

चिकित्सा शिक्षामा सुधारको माग राखेर सात वर्षदेखि डा. केसी निरन्तर आन्दोलनमा छन् । चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन शुरु गरेका उनले पछिल्लो पटक १६ औं चरणको अनशन इलाममा बसेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata