डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

शनिबार, पुस २८, २०७५



काठमाडौं । चिकित्साका शिक्षा क्षेत्रमा देखिएका कमजोरीलाई सुधारको माग राख्दै १६ औपटक अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

डा. केसीको समर्थनमा चिकित्सकहरुले सरकार विरुद्ध चर्का नारा जुलुस लगाएका छन् । उनीहरुले झुट तन्त्र कहिले सम्म माफिया छन जहिले सम्म, ओली सरकारको मन्त्र नागरिकलाई लुटतन्त्र, एक दुई तीन चार हामी मान्ने छैनौं हार जस्ता नारा लगाएका थिए ।

साथै उनीहरले माफियालाई मिसन सिटामोलमा कमिसन, केसी तिमी एक्ला छैनौं हामी तिम्रो ससाथ छौं भन्दै सरकार विरुद्ध चर्का नारा जुलुस लगाए थिए । प्रदर्शनकारीले डा. केसीका माग तत्काल सम्बाेधन गर्न समेत सरकारकाे ध्यानाकर्षण गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata