अनशन बस्न हिडेका डा. केसीलाई जुम्ला प्रहरीले रोक्यो

शनिबार, असार १६, २०७५



काठमाडौं । चिकित्सा शिक्षाको सुधारको माग राखी अनशन बस्न हिँडेका डाक्टर गोविन्द केसीलाई जुम्लामा प्रहरीले रोकेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा अनसन बस्न हिँडेका डा. केसीलाई प्रहरीले रोकेपछि रोकेकै ठाउँमा अनसन बस्ने डाक्टर केसीले जनाएका छन् । अहिले डा.केसी प्रहरीले रोकेकै ठाउँमा बसिरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले डा. केसी अनसनका लागि जुम्ला आएको थाहा पाएपछि शुक्रबार साँझ एक विज्ञप्ती निकालेर निशेधित क्षेत्र तोकेको थियो ।

डा. केसीले सरकारले अनसन बस्न प्रतिबन्ध गर्नु एकतन्त्रीय शासनको नमुना भएको भन्दै आरोप समेत लगाएका छन् । डा. केसीले प्राकृतिक रुपमा सुन्दर कर्णालीलाई हेला गरेर पछाडि पारिएको भन्दै कर्णालीलाई मेडिकल हब बनाउने योजनासहित प्रतिष्ठानमा एमबीबीएस, एमडीजीपी कार्यक्रम सुरु गर्नु पर्ने मागसहित अनशन बस्न लागेका हुन् ।

177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank