स्वास्थ्यमन्त्रीको निर्देशनपछि डा. केसीको उपचारमा चिकित्सक टोली जुम्ला हिड्यो

बिहिबार, असार २१, २०७५



काठमाडौँ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारका लागि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनपछि काठमाौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली जुम्ला हिडेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएपछि दुई सदस्यीय टोली जुम्ला हिडेको हो ।

डा. थापा र डा. सुवेदी नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालबाट थप चिकित्सकको टोली लिएर बिहीबार नै जुम्ला पुग्नेछन् । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ । उनलाई अनशनस्थल (जिल्ला खेलकुद विकास समितिको कभर्डहल) बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र बिरामीहरुको सेवामा खटिन पनि यादवले निर्देशन दिएका छन् । उपचार पाउने नैशर्गिक अधिकारबाट जनतालाई बञ्चित नगर्न उनले सचेत समेत गराएका छन् । यादवले अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखे कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । उनीहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुगु, कालिकोट, हुम्ला, डोल्पाका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

390 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank