सत्याग्रहको स्थान किन जुम्ला रोजे डा.केसीले ?

बुधबार, असार १३, २०७५



काठमाडौं । सधै काठमाडौमा नै आमरण अनसन बस्दै आएका डा.गोविन्द केसीले यसपटक जुम्ला रोजेका छन् । सरकारलाई माग पुरा गराउन दवाव दिन डा केसी शुक्रबारदेखि आमरण अनसन बस्दैछन् । यसपटक उनी काठमाडौं शिक्षण अस्पतालमा नबसेर जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्नेछन् ।

किन जुम्ला ?

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा केसीले पर्सि १५ गतेबाट अनसन बस्ने घोषणा गरेका हुन् । कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको भन्दै उनले त्यसलाई राजेको बताएको छन् । संवेदनशील विषयमा समेत सबै पक्षहरुको ध्यानाकर्षण गर्नका लागि १५ औं सत्याग्रह कर्णालीमा बस्न लागेको उनले बताएका छन् ।

304 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank