लघुवित्त संस्थाको दिगोपनाका लागि मर्जर अनिवार्य: गभर्नर नेपाल

शुक्रबार, जेष्ठ ३१, २०७६



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपालले लघुवित्त संस्थानहरु मर्ज गरिने उद्घोष गरेका छन । उनले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराए ।

गभर्नर नेपालले असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गरिसक्ने पनि घोषणा गरे । उनले लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अनिवार्य रहेको बताए ।

अहिले ७ सय २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको र बाँकीमा एक महिनाभित्र पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशी लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata