‘अब फर्किन्नँ’ भन्दै ओम अस्पतालबाट बाहिरिए डा. भोला रिजाल

शुक्रबार, भदौ २२, २०७५



काठमाडौँ । वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. भोला रिजाल आफैँले स्थापना गरेको ओम अस्पतालबाट ‘अब फर्किन्नँ’ भन्दै बाहिरिएका छन् ।

झन्डै ३ दशकअघि आफैँले स्थापना गरेको अस्पतालमा आफ्नो सेयर कायमै राखेर व्यवस्थापकीय र क्लिनिकल सेवाबाट अलग भएका हुन् ।

रिजालकै अगुवाइमा ०४६ मा ओम अस्पताल स्थापना भएको थियो ।

रिजाल लामो समयसम्म अस्पतालका अध्यक्ष रहेका थिए । बीचमा अध्यक्ष छाडेर १ वर्षअघि मात्र रिजाल पुनः अध्यक्ष बनेका थिए ।

सानो समूहबाट सुरु भएको अस्पतालमा अहिले रिजालको १२ प्रतिशत सेयर छ । रिजालले अस्पतालबाट आफू बाहिरिनुपर्ने कारणबारे खुलाउन चाहेनन् ।

798 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank