संघीय संसदको महासचिवमा डा. गौतम सिफारिस

सोमवार, बैशाख २२, २०७७



काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस भएको छ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् ।

संघीय संसदको महासचिव राष्ट्रियसभा अध्यक्ष र सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। यसअघि सभामुख अग्नि सापकोटाले संसदको कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई नियुक्त गरेपछि विवाद भएको थियो।

महासचिवमा सिफारिस भएका गौतम संसद सचिवालयका सचिव हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments