संघीय संसदका नवनियुक्त महासचिव गौतमद्वारा सपथ ग्रहण

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । संघीय संसदमा नवनियुक्त महासचिव डा. भरत गौतमले पद तथा गोपनियाताको सपथ ग्रहण लिएका छन ।

नवनियुक्त महासचिव गौतमलाई संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ गराएका हुन । शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, संसदीय दलका नेता, सचेतकहरु, समितिका सभापतिहरु लगायत उपस्थित रहेको थियो ।

गौतमलाई संघीय संसदको सिफारीसमा राष्टपति विदयादेवी भण्डारीले सोमबार संघीय संसदको महासचिवमा नियुक्त गरेकी थिइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments