प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन: डा. भट्टराई

आइतवार, चैत्र २, २०७६



काठमाडौं ।समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सात वटै प्रदेश प्रमुखले नेकपा अध्यक्ष प्रचण्डसँगको भेटघाटलाई लिएर असन्तुष्टि जनाएका छन् । आइतबार सात वटै प्रदेशका प्रमुखहरूले प्रदेशका समस्या अवगत गराउन भन्दै काठमाडौँ बोलाएर अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका थिए ।

उक्त भेटघाटको विषयलाई लिएर डा. भट्टराईले ट्विट मार्फत असन्तुष्टि जनाएका हुन । उनले भनेका छन् । प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन् । राज्यका प्रतिनिधि हुन् । उनीहरूले राज्य सरकार प्रमुखलाई भेट्ने हाे । पार्टी प्रमुखलाई भेट्ने हैन भन्दै तीव्र असन्तुष्टि जनाएका छन् ।कुनै एकको निजी भेटघाट हुनसक्छ । सातै जनाको एकैसाथ निजी भेट हुन सक्दैन । पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिस्ट प्रणाली भएको भन्दै ट्विटमा उल्लेख गरेका छन् ।

डा. भट्टराईको ट्विट जस्ताको त्यस्तै

baburam

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments