पहिले आफ्नै आङको भैँसी हेर्ने कि प्रधानमन्त्री ज्यू ? : डा भट्टराई

बिहिबार, फाल्गुन ८, २०७६



काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष  एवम पूर्व प्रधानमन्त्री  डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग गरेको अश्लील संवाद र कमिसन सहितको अडियो सार्वजनिक भए लगत्तै डा. भट्टराईले सरकारको आलोचना गरेका हुन ।

उनले एक अनलाइन समाचार सेयर गर्दै ट्विट मार्फत भनेका छन् ,अरूको आङको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आङको भैँसी हेर्ने हो कि प्रधानमन्त्री
केपी शर्मा ओली ज्यू !  यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको भन्दै प्रश्न समेत गरेका छन् ।

हेर्नुहाेस ट्विट जस्ताकाे त्यस्तै

twtear

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments