सरकार विरुद्ध सडक संघर्ष गर्ने डा बाबुराम भट्टराईको चेतावनी

बुधबार, कार्तिक १४, २०७५



काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजकि डा. बाबुराम भट्टराईले सरकारको कार्य प्रति असन्तुष्ट जनाउँदै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकमा डा.भट्टराईले उक्त कुरा बताएका हुन् । उनले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी समेत गरे ।

भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै सरकार विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिए । लोकतन्त्रका मूल्य/मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दावी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

बैठक दुई दिन सम्म चल्ने नयाँ शक्ति पार्टीले जनाएको छ ।

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank