शासकहरू पपुलिज्म र अधिनायकवादको आड लिंदैछन: डा. भट्टराई

मङ्लबार, जेष्ठ ६, २०७७



काठमाडौँ । जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाको अवस्थामा शासकहरू सस्तो लोकप्रियतामा लागिरहेको आरोप लगाएका छन् ।

सोमबार ट्विट मार्फत डा. भट्टराईले कोरोना बेला आफ्नो अक्षमता लुकाउन संसारभर शासकहरूले पपुलिज्म र अधिनायकवादको आड लिदैंछन भन्दै आरोप लगाएका छन् । साथै नेपालमा पनि त्यो खतरा बढ्दै छ।त्यता सतर्क रहँदै अब ध्यान कोरोनाको कहरतिर लगाऊँ भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

उनले भनेका छन्, पहिलो,कसैको ज्यान नजाओस् । दोस्रो,कोही भोको नरहोस्। दोस्रो,कोही विदेशमा अलपत्र नपरोस् । चौथो,शिक्षा र पाँचौँ,रोजगारीमा ध्यान दिनु पर्ने सुझाव समेत उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments