‘वादी’ उपन्यास र मेरा अनुभूतीहरू

शनिबार, चैत्र ३, २०७४

- डा‍.घनश्याम डाँगी



डा.राजेन्द्र कुमार आचार्यको प्रस्तुत वादी उपन्यास पड्ने सुअवसर पाएँ । उपन्यासकारप्रति आभारी छु । पुनरावेदन अदालत तहका पूर्व रजिष्ट्रार माननीय जिल्ला न्यायाधीश पदमा बहाल रहनु भई न्याय सम्पादनको क्षेत्रमा दशकौंदेखि निष्पक्ष तटस्थ प्रस्ट र न्यायप्रेमी राष्ट्रसेवकको विशिष्ट पहिचान कायम गर्नुहुने उपन्यासकार आफूले विविध क्षेत्रमा संगाल्नु भएका अनुभव र अनुभूतिहरूलाई साहित्यिक विधाहरूमार्फत् जीवन्त शैलीमा प्रस्तुत गर्न सक्ने एक सिद्धहस्त एवम् लब्धप्रतिष्ठित श्रष्टाको रुपमा पनि सुपरिचित हुनुहुन्छ ।

badi

यस उपन्यासको शीर्षक वादी शब्दले नेपालको मध्य तथा सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका विशेषत सल्यान, दाङ, प्युठान, रोल्पा, रूकुम, बाँके, वर्दिया, जाजरकोट, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरूमा छितरिएर बस्ने अल्पसङ्ख्यलक वादी जातिलाई बुझाउँछ । यस जातिकी चेलीबेटीहरूले सामाजिक दृष्टिकोणले अमर्यादित र कानूनन् प्रतिबन्धित वेश्यावृत्तिलाई आफ्नो परम्परागत वृत्तिको रूपमा अँगाल्ने गरेका कारणले उनीहरू स्थानीयस्तरमा समाजद्धारा अपहेलित र बहिष्कृत हुनेगरेको तीतो र टर्रो यथार्थ हो । तर, वेश्यावृत्तिको यो परम्पराको पृष्ठभूमि के हो र यो वृत्ति अँगाल्नुपूर्व उनीहरूको सामाजिक स्तर मर्यादित, अमर्यादित के कस्तो थियो भन्नेतबारे धेरैलाई यथार्थ जानकारी नभएका कारणले पनि यस जातिप्रतिका सामाजिक दृष्टिकोणहरू सर्वथा नकरात्मक हुनेगरेका हुनुपर्छ । ती दृष्टिकोणहरू वास्तवमा न्यायोचित र बस्तुपरक छैनन् भन्ने मलाई लागेको छ ।

तसर्थ, नेपालका वादीहरु को हुन ? र यिनीहरुको परम्परागत पहिचान के हो ? भन्नेकवारेमा धेरै पाठकलाई उत्सुकता उत्पन्न हुने सम्भावना देखेँ । साथै, यस जातिको बारेमा आफ्नो नितान्त अल्पज्ञानलाई अलिकति भएपनि सार्वजनिक गरौं भन्ने लालसा पनि जागृत भयो । फलस्वरुप यस जातिको ऐतिहासिक पृष्ठभूमिका बारेमा समान्य जानकारी पाठकहरु समक्ष पस्कन चाहें । कतै विषयान्तर हुनगएछ भने विज्ञ पाठकज्यूहरूबाट क्षम्य रहोस् ।

नेपालका वादी जातिको ऐतिहासिक पृष्ठभूमिको सन्दर्भलाई कोट्यारउने हो भने यस जातिको यथार्थ पहिचान खुट्यााउनका लागि विश्व्को नितान्त प्राचीन सभ्यता र संस्कृतिको अनुशीलन हुनैपर्छ । यस सन्दर्भमा प्राग्ऐतिहासिक एवम् ऐतिहासिक साक्ष्य र प्रमाणहरूलाई केलाउने हो भने पुरूष प्रधानताको युगको आरम्भदेखि नै पुरूषले आफूलाई उपल्लों दर्जाको ठान्ने र नारीलाई दोस्रो दर्जाको ठान्ने क्रुर परम्पराको थालनी भएको पाइन्छ । अनि, नारीलाई जसरी पनि भोग गर्न पाइन्छ, आफूखुशी गर्न पाइन्छ, उनीहरूबाट विविध आनन्द लुट्न पाइन्छ भन्ने त्यो पौरूषीय चेतनाले पुरूषवर्ग भोग्ता बन्दै गयो र नारी पुरूषकी भोग्या बन्न विवश बनिन् । यो भोग्ता(भोग्याको शिलशिला नितान्त प्राचीन र विश्वकव्यापी शिलशिला हो ।

यही पुरूष स्वच्छन्दताको परम्पराको निरन्तरता स्वरुप कालान्तरमा, आआफ्नी धर्मपत्नी बाहेक अन्य नारीहरूबाट नृत्य, गायन र विविध मनोरञ्जनका साथै अतिरिक्त रतिआनन्द पनि लुट्ने तारतम्य पुरूषले नै मिलायो। फलस्वरुप सिङ्गोन विश्व भरिनै भित्रेनी रखौटी उपपत्नी दाशी बाराङ्ग्ना नगरबधूु, नगरशोभिनी, जस्ता नारीका विविध वर्ग देखापरेका हुन् ।
प्राचीन पूर्वीय सभ्यतामा थार्जेलिया, लीना, स्पेशीया, भनी चर्चित हुनेहरू हुन् वा पाश्चाात्य जगतको प्राचीन संभ्रान्त परम्परामा प्रचलित

हितेरी,गेलीडी, मिस्ट्रेसहरू, हुन् वा पूर्वीय परम्पराको नितान्त उर्वरभूमी मानिने छिमेकी मुलुक भारतको सामाजिक इतिहासमा बहुचर्चित आम्रपाली, समा, लशाजस्तीु, गणिकाहरू हुन् ती सबै नारीहरु नै थिए । स्वरूपमा, कसैलाई नर्तकी, कसैलाई,गणिका, कसैलाई दाशी, कसैलाई, देवदाशी, वा नेपाली संस्करणमा देउकी जस्ता नाम र नामअनुसारका विविध कामहरू तोकिएको भएतापनी सारमा भने ती सबै वेश्या नै थिए, कोही देववेश्या, कोही राजवेश्या, कोही संभ्रान्त वेश्या, र कोही सर्वगम्या वेश्याशु, । यसरी, विश्वन परिवेश नै सुरा र सुन्दरीमय भएको पाइन्छ ।

त्यो विश्वापरम्परा, विशेषत छिमेकी मुलुक भारतको सामाजिक जीवनबाट अधिकाधिक प्रभावित हुनेगरेको नेपालको सामाजिक परम्परामा सुरूसुरूमा नेपालका तत्काछलिन दरबारहरूमा गायन, वादन र नृत्य प्रदर्शन गरी ती दरबारिया र भाइ भारदारहरूलाई मनोरञ्जन दिलाउने र त्यसवापत दरबारियाहरूबाट प्राप्त हुने इनाम, बक्सीस, पुरस्कार आदिबाट आफ्नो जीविका निर्वाह गर्ने वादी समुदायको परम्परागत वृत्ति थियो । यसरी, वादीहरूको परम्परागत पहिचानमा व्यावसायिक कलाकार वर्ग भए पनि वादी चेलीहरूद्धारा सम्पन्न हुने नृत्य, गायन र अभिनय आदिको प्रदर्शनबाट पैदा हुने श्रृङ्गा्र भावबाट वासनापिपासु बनेका केही दरबारियाहरूलाई ती चेलीहरूले रतिआनन्द पनि दिलाउनु पर्ने भएको भएतापनि यस जातिको उत्पत्तिको मूलप्रयोजन भने कलाकारिता प्रदर्शन नै थियो ।

भूरेटाकुरे राज्य व्यवस्था रहँदासम्म वादीहरु सामाजिक पहिचानमा कलाकार वर्गनै रहेतापनि राजा रजौटा प्रथाको समाप्तिा पश्चात् भने कला साधकको रूपमा त्यो दरबारिया र संभ्रान्त संस्कृतिका अभिन्न अङ्ग को रूपमा संरक्षित र सम्मानित ती वादी चेलिबेटीहरू कालान्तरमा आफ्नो भरणपोषणकै लागि वेश्यावृत्तितर्फ उन्मुख भएको देखिन्छ । जमीनदारी प्रथा रहँदासम्म वादी चेलिबेटीहरू ठूलाठूला समान्तीहरूकी रखौटीको रूपमा रही नियन्त्रित मात्रामा वेश्यावृत्ति गर्ने गरेको भएतापनि तत्पाश्चा त्‍को आर्थिक तथा सामाजिक उथुलपुथुलबाट उनीहरू पनि प्रभावित भए। अनि, मनग्य भरणपोषण दिनसक्ने सामन्त र संभ्रान्तहरू प्रायः समाप्तू भएपश्चारत भने वादी चेलिबेटीहरू सर्वसुलभ वेश्याको रूपमा सार्वजनिक हुन विवश भएका हुन् । र, वेश्यावृत्ति नै उनीहरूको एकमात्र वृत्तिको रूपमा चल्दै गरेको हो ।

प्रस्तुत वादी उपन्यासले वादीचेलीबेटीहरूमा परम्परागत रूपमा चल्नेगरेको वेश्यावृत्ति आरम्भ गर्नुपूर्व उनीहरूको नथुनी खोल्ने अर्थात कौमार्य भङ्ग गर्नु गराउनु पर्ने कुपरम्परालाई इङ्गिरत गरेको छ । वादीहरूमा चलेको त्यो नथुनी खोल्ने परम्परागत यौन सम्पर्क योग्य उमेर पुगेपछि एउटी चेलीले आफ्नो विज्ञापन स्वरूप नथिया लगाउनु पर्ने, चेलीका आमाबाबु तथा अन्य अभिभावकहरू स्वयंले नै उनको लागि ग्राहकको खोजीगर्ने र निजका अभिभावकहरूले तोकेको मोटो रकम, मनग्य गरगहना र उपहार आदि दिनसक्ने ग्राहकले मात्र उनको कौमार्य भङ्गत गर्न पाउने अर्थात नथुनी खोल्नेु र नथुनी खुलेपछि मात्र ती चेली सर्वसुलभ वेश्याको पहिचानमा सार्वजनिक हुनुपर्ने कुप्रथा चलेको र त्यो कुप्रथा वादी समुदायमा इतिहासको लामो कालखण्डसम्म तीव्र प्रचार प्रसारमा रहेको पाइन्छ ।

यस्तै नथुनी खोल्ने कुप्रथाकी शिकार भएकी दाङ जिल्लाको तुलसीपुर नगर क्षेत्रकी एउटी वादी चेलीलाई यस उपन्यासकी नायिकाको रूपमा प्रस्तुत गरिएको छ । यथार्थमा उनी सबै वादी चेलीहरूकी प्रतिनिधि पात्री हुन् भने उपन्यासकारले आफू स्वयमलाई उपन्यासको नायक र नथिया खोल्ने समुहको प्रतिनिधि पात्रको रुपमा प्रस्तुत गरेको पाइन्छ ।यस उपन्यासमा अन्य कतिपय सुपात्र र कुपात्र पनि छन् । तर उनीहरूको अनुहारको मैलो अनुहारको पर्दा नच्याथिदिने उपन्यासकारको सदाशयताका कारणले नायक नायिका लगायत अन्य गौण पात्रहरु समेत कसैको पनि नाम उल्लेख नगरिएको भएता पनि सम्बन्धित घटनाहरूका सन्दर्भ सुत्रहरू र जीवन्त वर्णनले गर्दा त्यस्ता भ्रष्ट, अनैतिक व्यभिचारी र मुकुण्डोधारी श्वेतत पोषहरूको कालो अनुहारलाई एकएक गरी उदाङ्गैत पार्न भने उपन्यासकार नितान्त सफल देखिनुहुन्छ ।

आफ्नो अनिच्छा हुँदाहुँदै पनि आफ्नै अभिभावक विशेषतः आफ्नी आमाकै करकापबाट नथिया खोलाउन विवश भएपश्चाहत् विक्षुप्तष भई दोस्रो दिन घरबाट नायिका भागेको, अनिश्चिनत गन्तव्यको यात्राको क्रममा उनले केही यौनपिपासहरूको सामाना गर्नु परेको, आफ्नो सतित्व रक्षाका निमित्त दुईवटा हत्या गर्न बाध्य भएको, तत्प्श्चा्त सतित्व रक्षाका निमित्त गरिएको हत्याको अभियोग नलाग्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि प्रक्रियागत कमिकमजोरीका कारणले गर्दा कलिलै उमेरमा उनले भोग्नु नपर्ने सात वर्ष जेलसजाय भोग्नु परेको, न्याय सम्पादनको क्षेत्रमा हुने डिलासुस्तीका कारणले गर्दा उनले जेल सजाय भोगेपछि मात्र सर्वोच्चबाट सफाई पाएको, जेलमै रहँदा उनले बच्चा जन्माएको, जेल प्रवेस गर्नुपूर्व उनले प्रहरी लगायतबाट अत्याचार भोग्नु परेको, जेलमुक्त भएपछि आफ्नो बच्चाको शिक्षादीक्षा र भरणपोषणका लागि उनले गैरसरकारी संस्थाहरुमा सानोतिनो नोकरी गर्नु परेको र गैरसरकारी संस्थाका हाकिमहरूले उनको यौनशोषण गर्ने विभन्न प्रपञ्च मिलाउने कुचेष्टा गरेको छ ।

त्यसै अवधिमा उनले क्यान्सर जस्तो भयानक रोगको सामाना गर्नु परेको जस्ता हृदयविदारक घटना दुर्घटना प्रधान यस उपन्यासका पाठकहरु सबैका आँखा रसाउने नै छन् भने उनको स्वालम्बी चिन्तन, दृढ आत्मविश्वास र प्रवल इच्छाशक्तिका कारणले उनले आफ्नो सतीत्वको रक्षा गर्न सकेको, स्नातकोत्तर तहसम्मो उच्च शिक्षा हासिल गरेको, सुरूसुरूमा लामो समयसम्म कारिन्दाको रूपमा रहेको भएतापनि आफ्नै योग्यता, क्षमता र कार्यकौशलका कारणले गर्दा नायिका हाल स्वयं एक प्रतिष्ठित गैरसरकारी संस्थाकी हाकिम भई यौनपीडित महिलाहरूको उत्थानका निमित्त तल्लीन रहेको र उनी एक जागरूक, सभ्य, प्रतिष्ठित एवम् निश्कालङ्क् नारीको रूपमा समाजमा स्थापित भएको सन्दर्भ र प्रसङ्गीले कतिपय पाठकहरू विशेषतस् नेपालका सबै वादी चेलीहरु लगायत यौनपीडित सबै चेलिबेटीहरूले प्रचूर हौसला पाउने छन् जस्तो मलाई लागेको छ ।

कथा वस्तु अनुसार कथाका नायकनै आफ्नो नथुनी खोल्ने हुन् भन्नेग नायिकालाई प्रस्ट जानकारी छ।तर, नायकलाई भने त्यो घटनाबारे कुनै स्मरण नभएको अवस्था छ ।ढाड दुख्नेय व्यथाले ग्रस्त भएका नायकको पूर्ण हेरचाह र सेवासुश्रुषा गर्ने क्रममा पूर्वघटनाहरूबारे नायकलाई स्मरण गराउन नायिकाले नायक प्रतिको आफ्नो व्यवहार र शब्दबाट समेत बारम्वार सङ्कोत गरेको भएतापनि नायकलाई पूर्वस्मरण नभएको र अन्त्यमा नायिकाले आफ्नो नथुनी खुल्दा नायकबाट पाएका गरगहना र लत्ता कपडासहितको दृष्यात्मक प्रस्तुती गरेपछि मात्र नायकलाई सो घटनाको स्मरण भएको पाइन्छ । यसरी, अन्तिम चरणमा नपुग्दासम्म पनि वर्णन र चित्रणलाई नितान्त रहय्यात्मक र कौतुहलतापूर्ण बनाउन सक्ने उपन्यासकारको विशिष्ट क्षमताको प्रचूर प्रदर्शन भएको छ ।

यस उपन्यासमा नायिकाले स्वस्थानी, तीज आदिको व्रत लिएकी, नायकले नै नायिकाको व्रत पारायण गराएका, दशैको टीका जमरा लगाइ दिएका, उनीसँग होली खेलेका जस्ता साँस्कृतिक महत्वका धेरै विषय प्रसङ्गशहरु समावेश छन् भने सरकारी तथा गैरसरकारी निकायका व्यभिचारी र यौन पिपासु उच्च पदस्थहरु, सडेगलेका मिठाइ बेच्नेहरु, दूधमा सोडा मिलाइ दूषित दूध बेच्नेहरू, आफ्नो पदोन्नतीका लागि आफ्नी श्रीमतीलाई हाकिम समक्ष पठाउने तल्लो तहका कर्मचारीहरू लगायत उदेकलाग्दो लोडसेडिङ जस्ता बेथितिहरूका सन्दर्भहरु पनि यसमा समाविष्ट छन् भने एक प्रसङ्गउमा भावना विनाको न्याय निरश हुन्छ । कानूनका कठोर वाङ्कयाशंहरूमा यदि भावना प्रवेस गर्न सकेन भने त्यस अवस्थामा गरिएको फैसला कठोर हुन जानेहुन्छ । आज देशमा त्यही भइरहेको छ । ूपत्थर बरू पग्लन सक्ला तर न्याय पग्लन सकेको छैनू भन्ने जस्ता अभिव्यक्तिहरूबाट न्यायसेवाको क्षेत्रमा पनि हुनेगरेका कमीकमजोरीहरूलाई औल्याउन खोजिएको छ । यसैगरी, पुलिस रक्षक हुन्छन भनेका त झन राक्षस हुँदारहेछन् ।

कुट्नु त प्रहरीको जागिर रहेछ । पुलिस र सरकारी वकीलको त धर्म नै हुँदोरहेनछ । भन्ने जस्ता नायिकाका अभिव्यक्तिहरूबाट प्रहरी जगत लगायत सबै क्षेत्रहरूमा हुने बेथितिहरुको चित्रणका साथै एक अर्को प्रसङ्गूमा ूक्रुरताले बास गरेको आन्दोलनकारीको मनमा करूणाको खोजीगर्नु भनेको बगरेसँग दयाको याचना गर्नु हो ।  मानवीय संवेदना पनि नभएका आलाकाचा ठेट्नाहरु परिचालन गरेर बन्द गराउने कथित नेताहरूको मन कहिले पग्लने हो ? भन्ने जस्ता अभिव्यक्तिबाट बन्द र हडतालको आयोजना गरी राज्य नै ठप्प पार्ने गैर जिम्मेवार राजनेताहरूप्रति पनि तिखो कटाक्ष गरिएको छ ।

यसरी अनेकानेक विषय र सन्दर्भमा गरिएका यस्ता सङ्गी्न टिप्पणीहरूको सन्दर्भमा सम्वद्ध पक्षले तार्किक र सकरात्मक सोँचका साथ सफाइ दिनु लिनु पर्छ भन्नेस सबै पाठकहरूको साझा अपेक्षा रहने देख्छु । यस उपन्यासमा उठाइएका अनेकानेक संवेदनशील सन्दर्भ र प्रसङ्गाहरुले गर्दा यो उपन्यास वहुविषयिक, बहुआयामिक र बहुउद्देशीयजस्तो देखिएतापनि सबै घटना, दुर्घटनाहरु उपन्यासको मूल विसषयवस्तुकै शिलशिलासूत्रमा आवद्ध गर्ने उपन्यासकारको विशिष्ट सीप र शैलीले गर्दा विषयान्तर नै भएको भने पाइदैन भने यहाँ प्रस्तुत गरिएका यी विविध अभिव्यक्तिहरू कुनै व्यक्ति विशेष वा समूह विशेषको बारेमा नकारात्मक टिप्पणी प्रस्तुत गर्ने उद्देश्य भन्दा पनि मूलतस् सकारात्मक संवेदनाहरू सम्प्रेषण गरी यथोचित् परिष्कार र समयसापेक्ष परिवर्तन हुनसकोस र नेपाली समाज सभ्य, सम्यक र न्यायपूर्ण हुन सकोस् भन्नेन उद्देश्यबाटै प्रेरित भई यो उपन्यास लेखिएको पाएँ ।

यस उपन्यासकी नायिकाले भोगेका अन्याय र अत्याचारका घटनाहरूबाट कसैमा करूणा, कसैमा विद्रोह र कसैमा प्रतिशोधको भाव उत्पन्न हुनु अस्वभाविक देखिदैन । तथापि, रखौटी भएर भित्रीऊँ ? भन्नेो एक प्रसङ्ग्मा भएको नायिकाको अभिव्यक्ति र सिन्दूर नै हालोला निू भन्नेन नायकको अभिव्यक्ति त्यस्तै च्याथिदिनुस मेरो लाजको पर्दा, मैले कति आशक्तहरूलाई नकारेर पठाएँ तर म हजूरसँग तयार छ । गराउनु पर्दैन । लोभ गर्नुस, बूढी भए पनि कन्यानै हूँ । मलाई हजूरसँग पग्लन कुनै लाजशरम छैन । हजूरले जे भन्यो जसरी भन्यो त्यही मान्न तयार छु भन्नेनजस्ता नायिकाका रतिरागोत्तेजक र आशक्तिपूर्ण आमन्त्रण गरिएका अभिव्यक्तिहरूले स्वभाविक रूपमा प्रत्येक पाठकहरूलाई रोमाञ्चित र कामातुर तुल्याउने छन् नै । तर, यस कथाका नायक नायिकाले भने पूर्ण संयमित भई मर्यादाका सीमारेखाहरूलाई अलिकित पनि नाघेका छैनन् ।

विशिष्ट कथानक, सरल बोधगम्य र आडम्वररहित भाषा, आत्मकथापरक तथा दृश्यात्मक स्वरुपको मिश्रित शैली, प्रथम पुरूषीय ढाँचा, चरित्रप्रधान उद्देश्यतत्व, सङ्ग्ठित बस्तुतत्व , विचार प्रकृतिका आधारमा आदर्शोन्मुख यथार्थवादी र विषयवस्तुका आधारमा सामाजिक प्रकृतिको यो उपन्यासमा औपन्यासिक सबै गुणहरूको कारीगरीपूर्ण र सन्तुलित सम्मिश्रण छ । र, परिकल्पनाशिल्प, शब्दशिल्प, भावशिल्पका दृष्टिकोणले यो उपन्यास मौलिक छ, वस्तुनिष्ठ छ र वैशिष्ठ्योपूर्ण छ । त्यसैले, यो उपन्यास सबैका लागि पठनीय छ, ग्रहनीय छ र मननीय पनि छ। साथै, यस उपन्यासले नेपाली उपन्यास जगतमा एउटा तेलीया ईटा अवश्य नै थप्ने छ जस्तो मैले महशूस गरेँ ।
यो उपन्यास अन्यौलता, असमञ्जेस्यता एवम् उत्सुकता भाव सहित टुङ्गिछएको छ । तर, यथास्थिति भने संवेदनायुक्त एवम् सम्यक समाधान हुदै होइन । तसर्थ, कुनै समाजसम्मत एवम् कानुन सम्मत निकास नितान्त अपेक्षित रहेकोले यसै सन्दर्भमा उपन्यासकारको लेखनी फेरि अगि बढ्नुपर्छ भन्नेन सबै पाठकहरूको सम्भाव्य र स्वभाविक अपेक्षा रहनेछ भन्नेम मैले महशूस गरेको छु ।

तसर्थ पाठकहरूको सम्भाव्य र स्वभाविक अपेक्षालाई पूरा गर्न, सरूवा भई जाने नायकलाई बिदाई गर्दा समस्याको समुचित निकासको ढोका आफै खोल्नुस भन्ने हार्दिक अपेक्षाको सङ्केरत स्वरूप नायिकाले नायकलाई दिएको घरको साँचोको यथार्थ रहस्य र मर्म बुझ्नसक्ने र एक प्रसङ्ग मा मेरो कथा सुनिसकेपछि तपाईमा लेख्ने् हिम्मत हुनेछैन । भन्ने र नायिकाद्धारा दिइएको चुनौतिको सामाना गर्नसक्ने आफ्नो प्रचूर क्षमता सिद्ध गर्नका लागि पनि यस उपन्यासको पूरक भाग फेरि जन्मियोस् भन्नेक उपन्यासकारज्यूलाई मेरो विनम्रता र सदाशयतापूर्ण सुझाव छ । अस्तु ।

                                                                                                     लेखक डा. घनश्याम डाँगी तुलसीपूर, दाङका प्राध्यापक हुन् ।

458 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank