टिम चौराहाद्वारा रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत

बिहिबार, बैशाख ७, २०७४

loading...


काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टिम चौराहाले रुपन्देही च्यालेन्जर्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो । टिम चौराहाका लागि कप्तान पारस खड्काले ६७ रनको योगदान दिँदै अविजित रहे । कप्तान खड्काले ४१ बलमा ६ चौका र ४ छक्का हानेका थिए ।

त्यस्तै राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे । अमर रौतेलाले १६ रन जोडे । रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुसाल र शहब आलमले एक÷एक विकेट लिए । रुपन्देहीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

484 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv