रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै टिम चौराहा फाईनलमा प्रवेश

बिहिबार, बैशाख ७, २०७४

loading...


काठमाडौं । टिम चौराहा जारी धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब चौराहाले उपाधिका लागि शनिबार बिराटानगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा पारस खड्काको कप्तानिमा रहेको टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो ।

समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटको आधारमा आधार चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो ।

समूह चरणको अन्तिम खेलमा रुपन्देही र टिम चौराहा नै भिडेका थिए र प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो । पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पुरा गर्दै टिम चौराहा अघिल्लो चरण पुग्यो ।

बिहीबार पनि पारस चम्किए र रुपेन्देहीलाई पन्छाउँदै टिम चौराहा फाइनलमा पुगेको छ ।

542 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv