डोटीमा बस दुर्घटना : एकको मृत्यु, ३० घाइते

शनिबार, कार्तिक १६, २०७६



डोटी ।  महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको महाकाली यातायातको रात्रीकालिन बस डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने  ३० जना घाइते भएका छन्।

प्रहरीका अनुसार, आज(शनिबार) बिहान साढे चार बजे भएको उक्त  बस  दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । ४० जना सवार उक्त बस सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले घाइतको डोटीस्थित शैलेश्वरी अस्पताल दिपायल र सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको जानकारी दिए ।

घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata