डोटी बस दुर्घटना : एकको मृत्यु, ३३ घाइते (नामसहित)

शनिबार, कार्तिक १६, २०७६



डोटी ।  महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको महाकाली यातायातको रात्रीकालिन बस डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा दुर्घटना हुँदा  ज्यान गएको एक जना र घाइते भएको  ३० जनाको सनाखत भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बाजुराका ५१ वर्षीय नयाँ सेरेलाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक मोहन धामीले गम्भीर घाइते सेरेलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए।

उनका अनुसार घाइते ३३ जनाको पनि परिचय खुलेको छ। घाइते हुनेमा महोत्तरीको बर्दिवासका २८ वर्षीय महेश कोईराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटी सलेनाका ३० वर्षीय रेश्मा लुहार, २७ वर्षीय रामबहादुर विक, सलेनाकै २२ वर्षीया कल्पना विक, बोगटानका २८ वर्षीय दुर्गासिंह विडारी, बोगटानकी बाटु नेपाली, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा रहेका छन् ।

डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी, घाइते भएका छन्।

यस्तै अछामका ३६ वर्षीय भीम बुढा, ३१ वर्षीय यज्ञ स्वार, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, २४ वर्षीया २४ वर्षीया धानादेवी विक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई दुर्घटना घाइते भएको प्रहरीले जनाएको छ।

२८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लालबहादुर साउदको ठेगाना खुल्न नसकेको डोटीका ट्राफिक प्रहरी इन्चार्ज धामीले बताए। घाइतेको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भइरहेको उनले बताए।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।  दुर्घटनापछि बस चालक लोकेन्द्र बडेलाक फरार रहेका छन्। बस सडकबाट ३५ मिटर तल खसेको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata